जंक फुडको सट्टामा लिटो र जाउलो

रूपक पुरी
लोकप्रिय समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका ४ थाङपालकोटकी सञ्चिता लामाले अचेल आफ्नो सन्तानलाई लिटो र जाउलो खुवाउन थाल्नुभएको छ । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाउने लामाले यसअघि चाउचाउ र बिस्कुटलाई पोसिलो खानाका रूपमा लिँदै आउनुभएको थियो । बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोषिलो हुने जानकारी पाएपछि उहाँले आफ्नो  दोस्रो सन्तानलाई लिटो, जाउलोजस्ता खाना खुवाउन थाल्नु भएको हो । सुआहारा कार्यक्रम मार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उहाँ बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत हुनुहुन्छ । उहाँले आफ्नो बच्चाको खानामा हरेक बार खाना चार भन्ने सिद्धान्तलाई अबलम्वन गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गर्नु भएको छ । युएसएआईडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उहाँ आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताउनुहुन्छ । बालबालिका बोल्ने नभएसम्म माछा, मासु, अण्डालगायतका खानेकुरा खुवाउन नहुने उहाँको मान्यता थियो । टुकी संघ सुनकोसी तथा सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर, सहजकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अबधिमा उनिहरूको खानामा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिएपछि उहाँले सबै खानेकुरा खुवाउन थाल्नुभएको हो । लामामात्रै होईन सिन्धुपाल्चोकका सबै नगरपालिका र गाउँपालिकाको सबै आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अबस्थामा भेटिन्छ त्यहि अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आउनुभएकी मेलम्ची नगरपालिका ९ कि निशा गिरीले पनि अचेल साबुन पानिले हात नधोई खानेकुरा छुनुहुन्न । ईन्द्रावती गाउँपालिका १२ भिमटारकी सविना दनुवार छ महिना नपुगेको आफ्नो बच्चालाई दूध मात्रै  खुवाउने गर्नुहुन्छ । सुआहाराको पहलमा नियमित आमा समूहको बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा समेत सविना सचेत हुनुभएको छ ।

,