इर्खुलाइ एम्बुलेन्स हस्तानन्तरण


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगर पालीका वडा  ८ स्थित इर्खु स्वास्थ्य कार्यलयलाइ एम्बुलेन्स प्राप्त भएको छ ।




स्थानीयहरुको माग बमोजिम वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठको  पहलमा   राप्रपा संयुक्तका अध्यक्ष तथा पुर्ब मन्त्री पशुपती शम्सेर जबराको  प्रयासमा भारत सरकारद्धारा उक्त एम्बुलेन्स उपलब्ध गराइएको एमबुलेन्स संचालक समितीका संयोजक शेर बहादुर ठकुरीले बताउँनु भयो । पुर्ब मन्त्री  शम्सेरको प्रमुख अतीथ्यतामा भएको एम्बुलेन्स हस्तानन्तरण कार्यक्रममा सहभागीहरुलाइ स्वगत मन्तब्य राख्दै उँहाले उक्त कुरा बताउँनु भएको हो ।
उँहाले  एम्बुलेन्स  सञ्चालनका लागी  बाइस हजार रुपैया ब्यक्तीगत सहयोग गरेर अक्षय कोष स्थपना गर्ने घोषणा गर्नु भयो । प्रकाश दङ्गालले सञ्चालन गर्नुु भएको कार्यक्रममा बोल्दै नेकपा ईर्खु का अध्यक्ष रामकृष्णा दङ्गालले इर्खुमा भएको धेरै समस्या हरु मध्य स्वास्थ्य क्षेत्रमा पशुपती शम्सेरले गरेको सहयोगको प्रशंसा गर्दै अरु क्षेत्रमा पनी सहयोग गर्न आग्रह गर्नु  भयो ।
भारतिय स्वतन्तरता दिबसको अबशर पारेर भारत सरकारले दियको यम्बुलेन्स शुक्रबार एक समारोहका बिच प्रमुख अतीथी राणाले वडाअध्यक्षलाइ  एम्बुलेन्सको साँचो दिएर एम्बुलेन्स हस्तानन्तरण गर्नु भएको हो । कार्यक्रममा  नेपाली काङ्ग्रेसका जिल्ला सिचब झलक नेपालले पछिल्लो समयमा देसको बिकास प्राय ठप्प रहेको छ ।बिदेसि रिन बढेको छ ।
ईर्खुमा खानेपानि र शिक्षाको समस्या छ । यो समस्या समधान गर्नका लागि सबै लाई अनुरोध गर्नु भयो ।बर्तमान सरकारले जनताको काम गर्न सकेको छैन , पानिजहाजको सपना देख्ने,जनताको काम गर्ने भन्दा पनि माफियाको काम गरेको  बताउँदै  ईर्खु लाई नमुना बनाउन सबै लागि पर्न पर्ने बताउनु भयो ।कार्यक्रममा राप्रपा सयुक्तका केन्द्रीय सदस्य उदय सापकोटालेनिर्बाचनमा हार्नु जित्नु आफ्नै ठाँउमा छ ।तर निर्बाचन हारे पनि राप्रपा र नेपाली काँग्रेसको सयुक्त निर्बाचन घोषाणाामा पनि जनताको काम गर्ने हो हारे पनि काम गर्ने भनेर हामि अगाडि बढेर काम गरेको बताउदै बिकस कार्यक्रम माग गरेर आउनुहोस राप्रपा बर्तमान सरकारले गरेको जस्तै बिकास गर्छ सबै मिलेर अगाडि बढ्न अनुरोध गर्नु भयो ।निर्बाचनमा हार्नु जित्नु आफ्नै ठाँउमा छ ।
तर निर्बाचन हारे पनि राप्रपा र नेपाली काँग्रेसको सयुक्त निर्बाचन घोषाणाामा पनि जनताको काम गर्ने  भनेका छौ , हारे पनि काम गर्ने भनेर हामि अगाडि बढेर काम गरेको बताउदै बिकस कार्यक्रम माग गरेर आउनुहोस राप्रपा  सयूक्तले बिकासका लागी सहयोग गर्छ भन्न्ुा भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पशुपति शम्सेर जबराले नेपाली जनताले ठुलो बिश्वास गरेर नेकपालाइ स्थानियसरकार सञ्चालनको जिम्मा दिए, प्रदेश सरकार सञ्चालनको जिम्मा दिए केन्द्रीय सरकार सञ्चालनको जिम्मा दिए ,तालमेल गरेर दुइ तिहाही सम्म पठाए तर केही गर्न सकेन । सिहदरबारको अधिकार गाउमा आउने आसामा रहेको जनतालाइ केन्द्रमा रहृेको भ्रष्टाचार गागाउमा ल्याउन बर्मान सरकार सफल भयको बताउनु भयो । उँहाले नेकपाले सरकार चलाएको तीन बर्ष भयो तिनबर्षमा तिनै तहमा जनतालाइ करको भार बोकाईयो , महङ्गिको भार बोकाईयो जताततै अस्त ब्यस्त भयो भन्नू भयो ।

आफु जहिले पनि शान्ति बिकास र बिधिको शासनमा बिश्वास गर्ने भयकाले जनिबरोधि काम गर्नेहरुको बारेमा जनतालाई भन्ने  गरेको बताउँदै बिरोध गरेको नभइ जनतालाइ सत्य बताएको बताउँनु भयो । नाती  आदित्य राणा सहित कार्यक्रममा आउँनु भएका राणाल् सिन्धुपाल्चोकको हरेक समस्यामा आफुले साथ दिने बताउँनु भयो ।
कार्यक्रममा सभापतीत्वको आशनबाट बोल्दै वडानअध्यक्ष तिर्थ बहादुर श्रेष्ठले आफुलाइ इर्खु बासीले बिकास तथा इर्खुको समस्या समधान गर्नका लागी बिश्वास गरेर वडाअध्यक्षमा निर्बाचित गरि जिम्मेवारी दिइएकाले त्यो जिम्मेवारी पुरा गर्न आफु सँधै लागी पर्ने बताउँनु भयो । स्वास्थ्य चौकी इर्खूका प्रमुख सबिन श्रेष्ठका अनुसार छिटै सिमतिको बैठक बसेर कसरी स्ञ्चालन गर्ने भन्ने बिषयमा निति तय गरीने बताउनु भयो । चौतारासाँगाचोकगढी नगरपालीका वडा नं २का वडाअध्यक्ष दिपेन्द्र थापा, राप्रपाका जिल्ला अध्यक्षतथा पदाधिकारीहरुको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

, , , , , ,