नगर प्रमुख अमानसिं तामाङद्वारा माझी बस्तीमा स्वास्थ्य केन्द्रको उद्धाटन

अशोक पराजुली
लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ को भिमटारमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । सीमान्तकृत माझी बस्तीमा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्र भवनको आइतबार चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङले उद्घघाटन गर्नुभयो ।

नव निर्मित स्वास्थ्य भवनको उद्घघाटन गर्नु हुँदै नगर प्रमुख तामाङले भिमटार विगतमा राज्यले छायाँमा पारेको भएता पनि अहिलेको सरकारले यहाँको विकासको लागि  कुनै कसुर बाँकी नराख्ने बताउनुभयो। उहाँले स्वास्थ्य मानिसको ठूलो सम्पत्ति भएको बताउँदै स्वस्थ रहनको निमित्त पौष्टिक आहार प्रयाग गर्नुपर्ने बताउनु भयो । उहाँले भिमटारका जनताको लागि आवश्यक विकासका काम नगरपालिकाले प्राथमिकताका साथ गर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका ३ नम्बर प्रदेश कमिटी सदस्य झम्क पराजुलीले जनताको आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य जस्ता कुरालाई मध्यनजर गर्दै भिमटारमा सो कुराको महसुस गरि बिद्यालय तथा स्वास्थ्य केन्द्र स्थापना भएको बताउनुभयो । कार्यक्रममा स्थानीय श्रीकृष्ण माझीले भिमटारमा स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका जनतालाई निकै राहत मिलेको  बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला नेता गोविन्द पराजुली, दधिराम पराजुली, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा नं. ४ का वडा अध्यक्ष चुडामणि नेपाल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरी लगायतको उपस्थिति रहेकोे थियो। कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सुशीलबहादुर माझीको अध्यक्षतामा तथा स्वास्थ्य केन्द्रका प्रमुख केदार दुलालको सञ्चालनमा सम्पन्न भएको हो ।
विगतका समयमा सामान्य उपचार गर्नको लागि काभे्र दोलालघाट, धुलिखेल तथा राजधानी काठमाडौँ जानुपर्ने समस्यामा रहेका माझी बस्तीलाई गाउँघरमै यस्तो स्वास्थ्य सेवा उपलब्ध गराउन लागि पर्नु भएका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, वडा सदस्य दधिराम पराजुली, वडाध्यक्ष सुशिल माझी लगायत स्वास्थ्यसँग सम्बन्धित रहेर यो बस्तीमा स्वास्थ्य सेवा दिनको लागि सहयोग गर्नुहुने सम्पूर्णमा गाउँवासीको तर्फबाट कार्यक्रममा सहभागी स्थानीय  तेज बहादुर माझीले विशेष आभार व्यक्त गर्नुभयो ।

, ,