समिक्षा कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार
क्यानेडीयन रेडक्रस को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्लामा सञ्चालन भइरहेको ग्रामिण ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट जिल्लामा सञ्चालन गरिरहेको एम्बुलेनस सेवाको दिगोपना र व्यवस्थापन सम्बन्धमा समेत छलफल गर्ने गरी गरिएको समिक्षा कार्यक्रम पौष ३ र ४ गते चौतारामा सञ्चालन भएको हो ।

रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापती राजेन्द्रमान ताल्चाभडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा एम्बुलेन्स सञ्चालन समिति, नेपाल रेडक्रस सोसाइटी को मन्त्री, कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा परियोजनले हाल सम्म सम्पन्न गरेको कार्यक्रम र आगामी वर्ष २०२० मा सञ्चालन गर्ने कार्यक्रमको बारेमा प्रस्तुती गरिएको थियो । कार्यक्रममा परीयोजनाका गतिविधीहरुको दिगोपना सम्बन्धमा समेत छलफल गरिएको थियो । एम्बुलेन्स सेवा सञ्चालनलाई दिगोपनाका लागी आवश्यक योजना निमार्ण गर्ने समेत कार्यक्रममा छलफल भएको छ ।
साथै कार्यक्रमको आगामी दिनमा सञ्चालन गर्ने गतिविधीलाई व्यवस्थित गर्न आवश्यक कार्ययोजना निमार्ण गर्ने निष्कर्ष निकालिएको छ । समिक्षा कार्यक्रमको समापन गर्दै रेडक्रस सभापती ताल्चाभडेलले जिल्लामा र्दुघटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नका लागी कार्यक्रमको प्रचार प्रसार र सेवालाई प्रभावकारी बनाउनलाग्नु पर्नेमाजोड दिनुभयो ।
साथै जिल्लामाहुने र्दुघटना न्युनिकरणका लागीबायु एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक पहल गर्न जिल्लाका सबै निकायको सम्मिलित बैठक गर्ने र त्यसको लागी आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख एक सहयोग प्रदान गर्ने जानकारी दिनुभयो । कार्यक्रमबाट जिल्लामा सञ्चालित ग्रामीण आकस्मिक ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रम आगामी एक वर्ष नो कष्ट एक्सटेन्सन हुने भएको छ ।

, ,