तिन सय रोपनीमा नेपालकै ठूलो किवी फार्म भोटेचौरमा

रूपक पुरी
लोकप्रिय समाचार
भोटेचौरका  कृषकहरूले नेपालकै ठूलो किवी फार्म बनाउने उद्देश्यले तिनसय रोपनीमा किवी खेती सुरु गरेका छन् । कृषकहरूले भोटेचौर एग्रिकल्चर अर्गानिक भिलेजको नामबाट किवी खेती गरेर आम्दानी लिन सुरु गरेका छन् ।

तिन सय रोपनीमध्ये एक सय रोपनीबाट उत्पादन सुरु भएको अर्गानिक भिलेजका अध्यक्ष दिनेश सिग्देलले बताउनु भयो । बाँकी क्षेत्रमा अर्को वर्षदेखि उत्पादन सुरु हुने उहाँले बताउनु भयो । दिनेश सिग्देल, महेश चौलागाई, वासुदेव गजुरेल, राजेन्द्र दुलाल लगायत ४० किसानले व्यवसायिक रूपमा  किवी खेती गरिरहेका छन् । प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले रकम हालेर बाँकी बैंकबाट एक करोड रूपैयाँ ऋण लिएर खेती गरिएको समूहका सदस्य वासुदेव गजुरेलले बताउनुभयो ।

,