श्याम बहादुर श्रेष्ठ
लोकप्रिय समाचार
पर्यटन वर्ष २०२० लाई लक्षित गरी काठमाडौँ महानगरपालिका भित्र भएको ऐतिहासिक सम्पदालाई महत्वका साथ प्रचार प्रसार गर्नका लागी महानगरपालिकाले सबैसँग अनुरोध गरेको छ । पर्यटन वर्ष २०२० भव्य रुपले सफल पार्न र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गर्ने भएको छ । काठमाण्डौँ महानगरपालिकाको वसन्तपुर, हनुमान ढोका, स्वयम्भु, पशुपतिनाथ र बौद्धलाई पर्यटन वर्षमा व्यापक प्रचार प्रसार गरि धार्मिक पर्य टन भित्र्र्याउने योजनासहित काम गरिरहेको र वसन्तपुुर हनुमानढोका देखि स्वयम्भु सम्मको सम्पदा मार्गलाई व्यापक प्रचार प्रसार गरी सञ्चालनमा ल्याउने काठमाडौ महानगरपालिका संस्कृति तथा पर्यटन विभाग प्रमुखका राम थापाले बताउनु भयो । उहाँका अनुसार सम्पदा मार्गको पहिलो उद्धाटन भए पनि सञ्चालनमा आएको छैन। पर्यटन वर्ष २०२० देखि प्रभावकारी रुपमा सम्पदा मार्गलाई सञ्चालनमा ल्याउने भएको छ । केही दिनको लागी विदेशी पर्यटनलाई सम्पदा प्रवेशमा छुट दिनलाई महानगरले सरोकारवालाहरु सँग सल्लाह गरिरहेको छ ।महानगरपालिका भित्र रहेको विभिन्न जातजातीका संस्कृति झल्कने खालका नाच सम्पदा स्थलमा दैनिक प्रर्दशन गरिने ब्यबस्था समेत गरिएको थापाले जानकारी दिनु भयो । उहाँले सबै क्षेत्रबाट पर्यटन बर्ष सफल पार्न र संस्कृति सम्पदाहरुको प्रचार प्रसार गर्न सबैमा अनुरोध गर्नु भयो ।
पर्यटन वर्ष सम्पदा मार्ग काठमाडौँ महानगरको प्रचार प्राथमिकता
[email protected] Powered by Blogger.
