सहकारी संस्था तथा बैंकको सटर फुटाई चोरी गर्ने पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय धादिङले चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ । यही २०७६ मंसिर ०६ गते साँझ धादिङ जिल्लाको बेनिघाट रोराङ गा.पा. वडा नं. ७ चरौदीमा रहेको कृिष सहकारीको रकम चोरी गर्ने निरज चेपाङलाई पक्राउ गरेको हो ।

सहकारी संस्था लि. को सटरको ताला फुटाई ग्रिल काटी काउण्टरमा पसी नगद रु.८९‚७०५ ।– (उनान्नब्बे हजार सात सय पाँच रुपैयाँ) चोरी भएको र २०७६ मंसिर १७ गते ऐ.ऐ.वडा नं.५ स्थित रहेको देव विकास बैंकको ढोकाको ताल्चा फुटाई बैक भित्र प्रवेश गरी काउण्टरमा पैसा नभएकोले चोरी गर्न नपाएको जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उल्लेखित कार्यमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा चितवन जिल्ला राप्ती न.पा.वडा नं.३ लोथर घर भई हाल धादिङ जिल्ला बेनिघाट रोराङ गा.पा.५ चरौदी बस्ने वर्ष १८ को निरज चेपाङलाई २०७६ मंसिर १७ गते धादिङ जिल्ला बेनिघाट रोराङ गा.पा.५ बेनिघाटबाट साथमा नगद रु.३६‚७४०।– (छत्तिस बजार सात सय चालिस रुपैयाँ) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भएको छ । उहाँको अनुसार निजलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।

,