चौसाँगढीमा दौडको उपाधि गणेशलाई

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले चोरी मद्दाका फरार व्यक्ति पक्राउ गरेको छ । साविक कुन्चोक गा.वि.स.वडा नं. ८ हालको ईन्द्रावती गा.पा. वडा नं. ३ बस्ने वर्ष ४१ को लक्ष्मण थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका स“चना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार  साधारण चोरी मुद्दामा तनहुँ जिल्ला अदालतको मिति २०६४ वैशाख १६ गतेको फैसलाले ३ वर्ष ३ महिना ४ दिन कैद सजाय र १९,७७६।– (उन्नाईस हजार सात सय छहत्तर रुपैया मात्र) जरिवाना तोकिएकोमा कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेको प्रतिवादी भागी फरार रहेकाले निज फरार रहेकोले प्रतिवादीको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलिले निरन्तर खोजी गर्दै जाँदा थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले निज प्रतिवादी लक्ष्मण थापालाई मिति २०७६ मंसिर १६ गते बिहान घर वतनमा फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी जि.प्र.कामा दाखिला गरेको हुँदा दाखिला हुन आएका प्रतिवादी लक्ष्मण थापालाई २०७६ मंसिर १७ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराईएकोमा जिल्ला अदालतले कैद तथा जरिवाना भुक्तानको लागी आजै कैदी पूर्जी दिई जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोक पठाएको छ । 

,