परिवार सरह प्रेम गर्ने गर्दछु व्यवसायलाई


चौतारा साँगाचोकगढी नगरपाािलकाव डा नं. ५ डाडापारी बुबा फौद सिंह घले र आमा सुकुमाया घलेको  कोखबाट २०२७ साल श्रावण २८ गते  कान्छी सन्तानको रुपमा जन्मनु भएको न्याउरीमाया घले साधारण लेखपढ नभए पनि मासिक ४० हजार आम्दानी गरि रहनु भएको छ ।  उहाँ विशेष गरि तरकारी, फलफूल, माछापालन र च्याउ खेती व्यवसायमा मनग्य आम्दानी गरि रहनु भएको छ  । व्यवसाय सफलताबारे लोकप्रिय संचारकर्मी विक्रम सुन्दासले गरेको  कुराकानी......................
नमस्कार, तपाईँको परिचय दिनुहोस ?
नमस्कार सर, मेरो नाम न्याउरीमाया घले, म चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ डाडापारी बस्छु । म २०६० साल देखि नै तरकारी, फुलफूल उत्पादन तथा बिक्री गर्दथे । हाल व्यवसाय बढाएर माछा पालन र च्याउ खेती समेत गरेको छु ।



हजुरलाई किन यो व्यवसाय नै गर्न मन लाग्यो?
म गीरबीकै कारण विद्यालय शिक्षा आर्जन गर्न र शिक्षाको उज्यालो ज्योति प्राप्त गर्नबाट वञ्चित भए र  हुकिएसँगै वैवाहिक न्धनमा बाँधिनु प¥यो । विवाह भएपछि घर छुटिएर बस्दा ऋण पनि लागेको हुदाँ कसरी तिर्ने साह्रै गाह्रो भएपछि मैरे तरकारीको जातहरु साग सब्जी लगाएर डोकोमा बोकेर बजार डुलाउँदै बेच्ने काम सुरु गरे बिस्तारै पैसा आउन थालेपछि मलाई पनि डोको बोक्न लाज हराउँदै गयो र मैले जिल्ला कृषि कार्यालय, घरेलु तथा सानाउ द्योग विकास समिति सिन्धुपाल्चोकको सहयोग र जिल्ला लघु उद्यमी संघको सहयोगमा र वाणिज्य बैंकको ऋण सहयोगमा व्यवसायको  आकार बढाएर यो व्यवसाय गरेको हुँ । जागिर खान नपढेको अनि आम्दानी गर्न कुनै पनि सीप नभएको अवस्थामा संस्थाले उद्यमसिलता विकास तालिम प्रदान गरे पछि तरकारी खेती सम्बन्धी विभिन्न सीपहरु हासिल गरेर अहिले राष्ट्रिय सीप परिक्षण केन्द्रबाट तह १ उत्तीर्ण गरेको छु, म अहिले अरुलाई पनि तालिम दिन जाने गरेको छु त्यसैले मलाई यो व्यवसाय परिवार जतिकै माया लाग्छ, प्राण जान्छ तर व्यवसाय गर्न छाडिदैन ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने आम्दानीको स्रोत नभएका महिला दिदिबहिनीहरुलाई के भन्नु हुन्छ?
गा्रमीण क्षेत्र पनि अहिले विकास निर्माणको कुराहरु भएका छन्, सडक बाटो छ, संचारको पहुँच छ,, आफ्नो क्षेत्रमा के  उत्पादन हुन्छ, समुह मिलेर उत्पादन गर्ने, उत्पादनहरुलाई संकलन गरेर बजारसम्म पु¥याएर  बिक्री वितरण गर्न सके घरैमा आम्दानी गरेर पारिवारिक खर्च पु¥याउन सकिन्छ । पहिला पहिला सुरु गर्न धेरै कठिनाइ, बाधाहरु हुन्छन्, त्यसमा नआत्ती सीप सिक्दै कुनै न कुनै पेशा सुरु गर्न अनुरोध गर्दछु ।
व्यवसाय संचालन गर्न  कस्ता कस्ता समस्याहरु देखा पर्दछन् ?
आफैँले घर परिवारसँग मिलेर व्यवसाय संचालन गर्नु भनेको सानो चुनौतीको काम हैन, लगानीको अभाव हुन्छ, सुरु सुरुमा बैंकहरुले ऋण लगानी गर्दैनन् , उत्पादन ग¥यो जारमा बिक्री हुँदैन, घरमा नै फिर्ता हुदाँ परिवारले दिने तनाव आदि समस्याहरु त छँदैछ तर निरन्तर व्यवसाय सुरु गर्दा गुणस्तर उत्पादन, उत्पादनको प्रवद्र्धन, ग्राहकको सन्तुष्टिलाई मुख्य ख्याल गर्नु पर्दछ ।
स्थानीय सरकारले व्यवसाय प्रवद्र्धनका लागि कस्ता कस्ता योजनाहरु ल्याउनु पर्दछ ?
नगरपालिकाले लघु उद्यमीहरुको व्यवसाय पहिचान गरेर अनुदानका कार्यक्रमहरु संचालन गर्नु पर्ने र नयाँ व्यवसायहरुको सम्भाव्यताहरु अध्ययन गरि उद्योग कलकारखानहरुमा लगानी गरि युवा बेरोजारहरुलाई रोजगारी दिनु पर्ने ,बजार व्यवस्थापनको योजनाहरुको काम गर्नु पर्ने सुझाव राख्दछु ।
अन्त्यमा के भन्नु हुन्छ?
सर्वप्रथम म लोकप्रिय नेत्रज्योति संचार समुहलाई विशेष धन्यवाद भन्न चाहन्छु। गाउँघरमा काम पाएन, कामको खोजीमा भौतारिदै वैदेशिक रोजगार रोज्ने हरुलाई म के भन्दछु भने आफ्नो गाउँघरमा खेर गहिरहेको जमिनहरुलाई सदुपयोग गर्दै व्यवसाय तरकारी खेती, प्याज, काउली, बन्दा, गोलभेँडा, आलु उत्पादनमा सामुहिक लाग्नु र सरकारका नीति तथा कार्यक्रमहरुमा अनुदान लिन सकिने कुराहरु राख्दै मेरो भनाई यहि अन्त्य गर्दछु ।

,