फरार सवारी चालक पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराले सुनकोशीमा भएको यात्रुवाहक बस दुर्घटनाका फरार चालकलाई पक्राउ गरेको छ । २०७६ मंसिर २९ गते बिहान ०८ः१५ बजेको समयमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ स्वारा भन्ने स्थानको लामोसाँघु जिरी सडकखण्ड स्थित ६ किलोम ाजिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं.१० भोटसिपा बस्ने वर्ष ४३ को सुमन तामाङ भन्ने चिप बहादुर तामाङले चलाई ल्याएको दोलखा कालिन्चोक भगवतीको दर्शन गरी काठमाण्डाँै तर्फ फर्कदै गरेको बा ४ ख ४४६८ नं.को यात्रुबाहक बस सडक छेउ भिर पैरोवाट ७० मिटर तल घुम्ती मोड भई आएको सोही सडकमा खसी दुर्घटना हुँदा बसमा सवार केही यात्रुको घटना स्थलमा नै मृत्यु भएको र अन्य केही यात्रुहरु घाईते भई हताहत भएको भन्ने जानकारी यस कार्यालयमा प्राप्त हुनासाथ यस कार्यालयबाट अनुसन्धान अधिकृत समेतको प्रहरी टोली घटनास्थलमा खटी गई घाईतेहरुको उद्दार गरी उपचारको लागी विभिन्न अस्पतालमा पठाई दुर्घटित बसमा सवार १६ जना यात्रुहरुको मृतक लाशको घटनास्थल लासजाँच मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरिसकेको, बारदात पश्चात भागी फरार रहेका उक्त दुर्घटित बा ४ ख ४४६८ नं को यात्रु बाहक बसका चालक जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं.१० भोटसिपा बस्ने बुद्धलाल तामाङको छोरा बर्ष ४३ को सुमन तामाङ भन्ने चिप बहादुर तामाङको खोजतलास कार्य जारी रहेकोमा २०७६ पौष ०२ गते सुमन तामाङ भन्ने चिप बहादुर तामाङलाई नियन्त्रणमा लिई २०७६ पौष ०३ गते अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौताराको सूचना अधिकारी प्र.नि. गणेश खनालले जानकारी दिनुभयो ।


,