थप सुविधा दिँदै पुर्व अरनिको यातायात

लोकप्रिय समाचार
थप सुिवधा दिदै पुर्व अरनिको यातायातले चौतारा काठमाडौँ बिहानको माइक्रो बस थप सेवासँगै काठमाडौँको नारायणटार, जोरपाटीबाट समेत बस सेवा सञ्चालन गरेको छ । विगत पचासौ वर्ष अगाडि देखि काठमाण्डौँ कोटेश्वर पुर्वका करिब ७ जिल्लाका गाउँगाँउका नागरिकलाई सेवा दिँदै आएको अरनिको यातायात सेवाले पछिल्लो समयमा थप सेवा दिएको हो ।

विगत पचासौ वर्ष अगाडीदेखि हरेक गाउँ गाउँ टोल टोलमा सडक पुगेको स्थानमा स्थानियको माग बमोजिम यातायातको सेवा सुरु गरेर यात्रीहरुको समेत मन जित्दै आएको उक्त संस्था पछिल्लो समयमा सरकारले ल्याएको नयाँ कानुन र यातायात नियमावली अनुसार समिति खारेज भएपछी सञ्चालनमा आएको पुवै अरनिको यातायात सेवा प्रा.लि र जुगल यातायात, सुनकोशी लगायतका नामहरु कम्पनीमा दर्ता गरी सिन्धुपाल्चोक लगायतका आसपासका जिल्लाहरुका गाउँ गाउँमा सेवा दिइरहेको छ । पुर्व अरनिको यातायात सेवा प्रा.लि.का चालक उत्तर कुमार श्रेष्ठले आफूहरु सडक पुगेका ठाउँमा गाउँ गाउँमा यात्रुहरुको माग अनुसार सेवा दिन तत्पर रहेको बताउँदै विगतका दिनहरुमा पनि हरेक स्थानीय गाउँका माग अनुसार आफ्नो संस्थाले सेवा प्रदान गरिरहेको बताउनु भयो। निजी यातायात क्षेत्रमा भएको लगानीको संरक्षण र उनीहरुले गरेको सहयोगको प्रशंसा गर्दै व्यवसायिकतालाई मर्यादित ढंगले सञ्चालन गर्न सबैसँग अनुरोध गर्नुभयो ।

,