नेपाली काँग्रेसको विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्दैै आपत्ति प्रकट

लोकप्रिय समाचार
नेपाली काँग्रेस संसदीय दलको बैठकले कालापानी र लिपुलेक र लिम्पीयाधुरा र सवधेयक तथा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गदैै आपत्ति जनाएको छ ।  पौष ०३ गते बिहीबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसी यसरी आपत्ति जनाएको नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले गरेको निर्णयहरु विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका सचेतक पुष्पा भुषाल गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कालापानी लिपुलेक र लिम्पीयाधुरा नेपालको अविभाज्य भूमी हो । भारतले केही समय अगाडि उक्त सम्पूर्ण भूभागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्सा प्रति आफ्नो आपत्ति जनाउँदै यसबारे नेपाली कांग्रेसले पटक–पटक आफ्नो धारणा स्पष्ट गरिसकेको छ । यस  सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले २०७६ कार्तिक २३ गते बालुवाटरमा बोलाउनु भएको बैठकमा हाम्रो पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूबाट राष्ट्रियता र राष्ट्रिय अखण्डता जस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एक साथ उभिनु पर्ने भन्नु हुँदै यस सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले लिने कुटनैतिक पहल र अग्रसरतामा नेपाली कांग्रेसको पूर्ण सहयोग र समर्थन रहने भनि आफ्नो पार्टीको स्पष्ट दृष्टिकोण राखी सक्नु भएकोमा प्रधानमन्त्रीबाट हालसम्म यस सन्दर्भमा कुनै पहल नभएको देखिएकोले यसबारे संसदमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफको लागि संसदीय दलको यो बैठक माग गर्दछ ।, संविधानको भावना र मर्म विपरित सरकारद्वारा सदनमा प्रस्तुत गरिएका विधेयकहरु प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ लगायतका  विधेयकहरुलाई फिर्ता लिई संविधान अनुकूल विधेयकहरु प्रस्तुत गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै संवैधानिक परिषदको कार्यसञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेश मार्फत प्रयास भएको र यस सन्दर्भमा संविधान विपरित संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति गर्दछ ।, नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (ःऋऋ) बिच भएको अनुदान सहायता सम्झौता (ःऋऋ) लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।, विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञीक स्वतन्त्रता माथि हस्तक्षेप गर्दै विश्वविद्यालयलाई पार्टीकरण गरेको क्रियाकलाप प्रति घोर आपत्ति गर्दछ । विश्वविद्यालयको प्राज्ञीक स्वायत्तता माथि हस्तक्षेप नगर्न सरकारसँग जोडदार माग गर्दछ ।, राजनैतिक पूर्वाग्रह राखी राजनैतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधरण माथि झुठ्ठा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस् । रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताब आलम माथि राजनैतिक पूर्वाग्रह राखी झुठ्ठा प्रमाणहरु संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउँने कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ । स्वतन्त्र र निष्पक्ष छानविन माथि सरकारले पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न समेत सचेत गर्दछ ।


,