खानेपानीको सुविधा पाएपछि स्थानीयमा खुसी छायो

ज्ञानेन्द्र तिमिल्सिना
टोलटोलमा खानेपानी धारा निर्माण भएपछि कार्तिके घिसिङ टोलका बासिन्दा दंग छन् । ‘यस अगाडि खानेपानीको स्थायी व्यवस्था नहुँदा गाग्री बोकेर टाढाको वाटो धाउनु पर्दथ्यो, अहिलेत घर नजिकै पानीको धारा निर्माण भएको छ , कस्तो आनन्द’ छुमानेखोला कोलमार्फा  खानेपानी तथा सरसफाई सफाई उपभोक्ता  समितिका अध्यक्ष पासाङ ग्याल्बो शेर्पाले खुसि व्यक्त गर्दै भन्नु भयो ।  सेवक नेपालको सफा पानी कार्यक्रम अन्तर्गत जनहित ग्रामिण सेवा समितिको सहकार्यमा इन्द्रावती गाउँपालिका—१ को सिम्पालकाभ्रेमा निर्माण सम्पन्न सो योजनाबाट स्थानीयले खानेपानीको सहजता पाएका हुन् ।

४० घरधुरी रहेको घिसिङ टोलमा ८ वटा धारा, इन्टेक २ र ३ वटा रिजर्भ ट्याङ्की निर्माण भएको सेवक नेपालका प्राविधिक मदन बडुवालले बताउनु भयो । खानेपानीको व्यवस्था भए संगै स्थानीयले सरसफाईलाई पनि ध्यान दिन थालेको बडुवालको भनाई छ । घर घरमा फोहोर फाल्ने खाल्डो निर्माण गरी फोहोरको ब्यबस्थापन गर्ने, धारामा डोको आदीको डसविन बनाई फोहोर संकलन गर्ने आदि कार्यमा स्थानीय सक्रिय रहेका छन् । जनहित ग्रमिण सेवा समितिका वास सुपरभाईजर रघुनाथ न्यौपानेको भनाई छ । ‘हिउँदको समयमा पानी ल्याउन टाढा जनु पर्दथ्यो, वर्षातको समयमा पनि टुक्रा टुक्रि पाइर्प जोड्ने र खुस्कने गरेर हैरान बनाउँदथ्यो, अहिले त कस्तो सजिलो आगनमै पानी आयो’ स्थानीय सुनिता तामाङको भनाइ छ । तामाङका अनुसार गाउँमा गुम्बा समेत  सोही योजनाबाट पानी ल्याएपछि  निर्माण सम्भव भएको हो । यदि यस योजनावाट पानी नल्याएको भए गुम्बा निर्माण सम्भनै थिएन, तामाङको भनाई छ । खानेपानी उपभोक्ता समितिलाई योजनाको मर्मत सम्भार सम्बन्धि पेशागत तालिम दिईएको सुपरभाईजर न्यौपानेले बताउनु भयो । सेवक नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा ४० हजारको मर्मत सम्भार कोष स्थापना गरिएको पनि उपभोक्ता  समितिका अध्यक्ष पासाङ ग्याल्बो शेर्पाको भनाई छ । हामीले मर्मत सम्भार सम्बन्धि तालिम पाएकाले आवश्यक पर्दा खानेपानी योजनाको मर्मत सम्भार आफै गर्न सक्ने भएका छौं शेर्पाले भन्नु भयो ।

, ,