जिप्रका धादिङबाट बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय, धादिङले बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत धादिङ जिल्ला अदालतबाट २०७४ पौष ०४ गतेको फैसलाले १ वर्ष कैद र रु.५,०००।– (पाँच हजार) जरिवाना हुने ठहरी फैसला भएको बहुविवाह मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला साविक री गा.वि.स.वडा नं.९ हाल गंगाजमुना गा.पा.१ किचेट बस्ने वर्ष ३० को सुन बहादुर तामाङलाई २०७६ पौष ०६ गते प्रहरीद्वारा पक्राउ  गरेको हो ।
तामाङलाई २०७६ पौष ०७ गते धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय धादिङ चलान भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता र सूचना अधिकारी प्र.नि. सरोज राईले जानकारी दिनुभएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, धादिङले हराएको मोबाईल १० महिना पछी फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं.९ बस्ने इन्द्र खनालको ज्गबधभष् थ्घ क्ष्क्ष् मोवाईल सेट मिति २०७५ फाल्गुण ०८ गतेबाट हराएकोमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खोजतलास गरी फेला पारी २०७६ पौष ०७ गते सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता र सूचना अधिकारी प्र.नि. सरोज राईले जानकारी दिनुभएको छ ।


,