सवारी दुर्घटना न्यूनीनकरण तथा ब्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय धादिङले सवारी दुर्घटना न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

२०७६ पौष ०३ गते दिनको १३ः ३० बजेको समयमा जिल्ला धादिङ गजुरी गाँउपालिका वडा नं.१ स्थित साना किसान बिकास लघुवित्त बित्तीय संस्थाको सभाहलमा गजुरी गाँउपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता र जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्र.उ.रविन्द्र रेग्मी‚ सुरक्षा निकायका प्रमुखहरु‚ गजुरी‚ गल्छी र बेनिघाट रोराङ गा.पा.का अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख‚ जि.ट्रा.प्र.का.गजुरी धादिङका प्रमुख, स्थानिय निकायका जनप्रतिनिधिहरु, यातायात व्यवस्थापन कार्यालयका प्रतिनिधि, यातायात व्यवसायीहरु, उद्योग बाणिज्य संघका प्रतिनिधी, सडक डिभिजन कार्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका व्यक्तित्व, सञ्चारकर्मीहरु समेत गरी अनुमानित ७५ जनाको उपस्थितीमा “सवारी दुर्घटना न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।