लामोसाँघुमा प्याब्सनको जिल्ला स्तरीय सिन्धु खेलकुद महोत्सव सुरु

लोकप्रिय समाचार
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन सिन्धुपाल्चोकको आयोजनामा मंगलबारदेखी सिन्धु खेलकुद महोत्सव सुरू भएको छ । लामोसाँघुको वसन्तपुर खेल मैदानमा सुरु भएको महोत्सवमा जिल्लाका प्याब्सनमा आबद्ध नौ माध्यामिक विद्यालयले सहभागीता जनाएका छन् । प्याब्सन प्रदेश ३ का अध्यक्ष थनिकुमार गुरूङले शुभारम्भ गर्नु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।
खेल महोत्सवमा ४ सय मिटर रिले दौड, हाईजम्प, लङजम्प, सुटपुट र फुटबल खेल समावेश गरिएको प्याब्सन सिन्धुपाल्चोककी अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो । खेल महोत्सवको उद्घाटनमा भएको फुटबलमा मेलम्ची कम्युनिटी बोर्डिङ स्कुलले ग्रिनल्याण्ड सेकेन्डरी स्कुललाई ६–१ गोल अन्तरमा हरायो भने दोस्रो खेलमा चण्डेश्वरी बोर्डिङ स्कुल बाह्रबिसेले केतु बोर्डिङ बाह्रबिसेलाई २–१ गोल अन्तरले हराएको थियो ।
प्याब्सनले जुनियर र सिनियर गरि खेल महोत्सवको आयोजना गरेको छ । जुनियरतर्फ को  खेल भने केही दिन अघि मेलम्चीमा सम्पन्न भइसकेको छ ।

, ,