मेलम्चीमा रक्तदान कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार
मेलम्चीमा पौष ०८ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय शुभकामना, झुल्केघाम, सरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लायन्स क्लब अफ, मेलम्चीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा स्थानीय बासिन्दाहरु ७५ जनाले रक्तदान गर्नुभएको थियो। कार्यक्रममा प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले रेडक्रसले मानिसको जिवनका लागी अति आवश्यक पर्ने रगतको व्यवस्थापन गर्दै मानवीय सेवामा अब्बल कार्य गर्दै आएको बताउनु भयो ।

साथै नगरपालिकाले आगामी दिनमा नगरपालिका वासीका लागी निःशुल्क रगत उपलब्ध गराउनका लागी नगरले आवश्यक प्रक्रियाका लागी छलफल गर्ने प्रमुख अर्यालले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य मनोज कुमार थापाले नेपाल रेडक्रस सोसाइटीले रक्त संकलन केन्द्रहरुको सञ्चालन गर्दै आएको र अति गरिब आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क रगत प्रदान गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभडेल लगायतले मन्तव्य राख्नु भएको थियो । रक्तदान कार्यक्रमको आयोजनाले रगत अभाव हुन नदिने र यस किसिमको कार्यक्रमहरु जिल्लाले विभिन्न समयमा गर्दै आएको र गरिरहने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जानकारी दिएको छ ।

, ,