धन बहादुरको अध्यक्षतामा इर्खुमा धेदुङ संघको वडा समिति गठन

लोकप्रिय समाचार
नेपाल तामाङ्ग धेदुङ्ग सङ्घ ईर्खु समिति गठन भएको छ । चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ८ वडा समिति एक समारोहका बिच गठन भएको हो । तामाङ्गहरुको आफ्नै संस्कार रहेको छ । त्यही संस्कार भित्र  रहेर काम गरिरहेका तामाङ्गहरुको सङ्गठन नेपाल तामाङ्ग धेदुङ्ग सङ्घको वडा स्तरीय सङ्गठन निर्माण गरिएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गको प्रमुख आतिथ्यता र नेकपा चौतारा साँगाचोकगढी नगरपालिकाका ईन्चार्ज रामचन्द्र बस्नेत, नेपाल तामाङ्ग धेदुङ्ग सङ्घ जिल्ला शाखा सिन्धुपाल्चोकका सल्लाहकारद्वय उजारसिंह तामाङ्ग, ज्ञान बहादुर तामाङ, नेपाल तामाङ कलाकार संघका आश्मान लोप्चन लगायतका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थितीमा भएको प्रथम भेलाले नेपाल तामाङ्ग धेद्ङ्ग संघ वडा समिती समेत गठन गरेको छ । जसमा .अध्यक्ष धन बहादुर तामाङ, उपाध्यक्ष  रमेश तामाङ, महिला उपाध्याक्ष, झम्क कुमारी तामाङ, सचिव श्री सुवास तामाङ, कोषाध्याक्ष श्री सिर्जना तामाङ,  सहसचिव मानकाजी तामाङ, सदस्यहरुमा श्याम लामा, लाल बहादुर तामाङ, सानु तामाङ, चतुरमान तामाङ, जीवन तामाङ, विर्जमान तामाङ, वीरध्वज तामाङ, रमेश तामाङ, यम ब.तामाङ, चिनिमायाँ तामाङ, पुर्ण ब.तामाङ रहनु भएको छ भने कारसांङ तामाङको संयोजकत्वमा संरक्षण समिति गठन  भएको छ ।
जसमा चिन ब.स्याङतान तामाङ, अमर लामा, सुकुमान तामाङ, विष्णु ब. लामा सदस्य रहनु भएको छ । यसै गरी फुलमान तामाङको संयोजकत्वमा  सल्लाहकार समिति समेत गठन भएको छ । जसमा सदस्यहरु निरज तामाङ, तीर्थ बहादुर लामा, आइती तामाङ, दावा तामाङ, पेरबा तामाङ  रहनु भएको छ। कार्यक्रमको उद्धाटन गर्दै नगर प्रमुख अमानसिं तामाङले तामाङहरुको संस्कार र संस्कृतिले आफ्नै पहिचान बोकेको र यो पहिचानको स्थायित्वको लागि पनि ताामाङहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । फुलमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष तिर्थ बहादुर श्रेष्ठले विभिन्न जातजाति र धर्म संस्कृतिको जगेर्ना गर्न नगरपालिकाले खेलेको भूमिकालाई वडास्तरमा कार्यान्वयन गरिरहेको र यसलाई निरन्तरता दिने बताउनु भयो। धन बहादुर तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने झाँक्री नाचले कार्यक्रमको शोभा बढाएको थियो ।

,