रेडक्रसले प्राथमिक स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण

लोकप्रिय समाचार
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले न्यानो झोला र कम्बल हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य मनोज कुमार थापाले पौष ०८ गते मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई ५० वटा न्यानो झोला र ५ वटा कम्बल हस्तान्तरण गर्नुभएको हो।


हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य थापाले भन्नुभयो, नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको संस्था भएकोले यसले विपद् पछी सुत्केरी महिला र नवजात शिशुका लागी भनि न्यानो झोला वितरण गर्दै आएको हो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा यस्ता कार्यक्रमको निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापती राजेन्द्रमान ताल्चाभडेल तथा रेडक्रसको पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

, ,