केही सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय, धादिङले केही सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत धादिङ जिल्ला अदालतबाट २०७३ असार १३ गतेको फैसलाले रु.१०,०००।– (दश हजार) जरिवाना तोकिएका केही सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला नीलकण्ठ  न.पा.३ बस्ने वर्ष २६ को सुब्बा परियारलाई २०७६ पौष ०५ गते प्रहरीद्वारा पक्राउ गरेको छ ।
परियारलाई २०७६ पौष ०६ गते धादिङ जिल्ला अदालत समक्ष पेश गरेर तोकिएको जरिवाना तिरी छुटी गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता र सूचना अधिकारी प्र.नि.सरोज राईले जानकारी दिनुभएको छ ।


,