भ्रमण वर्षलाई लक्षित गरी पाँचपोखरीमा सरसफाई अभियान

रूपक  पुरी
लोकप्रिय समाचार
भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाँचपोखरी थाङपाल गाउँपालिकाको सबै वडामा सरसफाइ अभियान सम्पन्न भएको छ । गाउँपालिकाको समन्वयमा आठ वटै वडाका विद्यालय, स्वास्थ्य चौकीसँग सहकार्य गरेर सरसफाइ अभियान सम्पन्न भएको गाउँपालिका उपप्रमुख सुनिता अधिकारीले बताउनुभयो ।

वडा नम्वर १ बाँसखर्कमा भिम विद्याश्रम माध्यमिक विद्यालय र वडा कार्यालयको सँयुक्त आयोजनामा सरसफाइ कार्यक्रम गरिएको वडाअध्यक्ष सूर्यमान दोङले जानकारी दिनुभयो । वडा नम्वर ७ भोटेनाम्लाङमा पनि सरसफाइ अभियान गरिएको  स्वास्थ्यकर्मी  गमला गिरी सिलवालले बताउनुभयो ।
यसैगरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोह पाँचपोखरी थाङपाल गाउपालिका ४ मा गर्ने भएको  छ । नागी थामडाँडा सँरक्षण समितिको आयोजनामा   १ तारिक अर्थात १६ गतेनै उक्त समारोह गर्न लागिएको पाँचपोखरी थाङपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सुवास तामाङले बताउनुभयो ।

, ,