सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय धादिङले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत धादिङ जिल्ला अदालतबाट २०७३ माघ २३ गतेको फैसलाले रु.७५,०००।– (पचहत्तर हजार) जरिवाना तोकिएका सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला साविक सेमजोङ गा.वि.स.वडा नं.८ हाल नेत्रावती डबजोङ गा.पा.२ बस्ने वर्ष २२ की प्रेम माया तामाङलाई २०७६ मंसिर २४ गते प्रहरीद्वारा पक्राउ गरी मंगलबार धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जरिवाना तिरी छुटी गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव उपरीक्ष्क रुपक खड्काले बताउनु भयो ।

,