लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले विदेशी विनिमय मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतको २०७३ वैशाख २२ गतेको फैसलाले १ (एक) महिना कैद, रु १,८६,१४,९८९।– (एक करोड छयासी लाख चौध हजार नौ सय उनान्नब्बे) जरिवाना भएका विदेशी विनिमय मुद्धाका फरार प्रतिवादी सिन्धुपाल्चोक जिल्ला साविक तातोपानी गा.वि.स.वडा न.४ हाल भोटेकोशी गाँउपालिका वडा न.२ बस्ने वर्ष ३२ को गोम्दे तामाङ आफ्नै गाँउघरमा लुकीछिपी बसेका छन् भन्ने विशेष सूचना आएपछि सोही सूचनाका आधारमा प्रहरी टोलीले प्रतिवादी तामाङलाई आफ्नै गाँउघरमा लुकीछिपी बसेको अवस्थामा २०७६ मंसिर २३ गते बिहान १०ः०० बजेको समयमा फेला पारी पक्राउ गरेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतमा २०७६ मंसिर २४ गते उपस्थित गराईएकोमा १ महिना कैद सजाय र रु १,८६,१४,९८९।– (एक करोड छयासी लाख चौध हजार नौ सय उनान्नब्बे) जरिवाना बापत १० (दश) वर्ष कैद भुक्तानको लागी मंगलबार कैदी पुर्जी दिई जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।
जिप्रकाबाट विदेशी विनिमय मुद्दाका फरार प्रतिवादी पक्राउ
[email protected] Powered by Blogger.
