दुर्घटना न्यूनिकरणका लागि सडकमै सवारीचालकको आँखा परीक्षण


लक्ष्मण बिष्ट , मेलम्चि

 पछिल्लो एक महिनामै दुई ठूला भयानक बस दुर्घटनामा ३४ जनाको मृत्यु भएपछि  सिन्ध्पाल्चोक जिल्ला का बिभिन्न स्थानमा  सवारी चालकहरुको आखाँ को रोग परिक्षण गर्न थालीएको छ । मेलम्ची नगरपालिकाको फट्केस्वरमा पनी सवारी चालकका आँखा जाँच गर्न थालिएको हो । भयानक सडक दुर्घटनामा दर्जनौंको ज्यान गएपछि सवारी चालक प्रती सुरक्षा निगरानी बढाइएको हो । सडकमै सवारी साधन रोक्दै इलाका प्रहरी कार्यालय मेलम्चिले  सवारी चालकका आँखा परीक्षण गर्न सुरु गरेको हो ।



सोमबार मेलम्ची बाट काठमाडौं छुट्टीने फट्केस्वर खण्डमा साना ठूला सवै सवारी साधनका चालकहरुलाई झारेर आँखा तथा स्वास्थय परीक्षण गरिएको थियो । सडक दुर्घटनामा चालकका दृष्टी भ्रम पनि कारक रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुको आँखा जाँच र थप उपचारका लागि सुझाउ गरेको छ । ‘यन्त्रिक गडबढीले पनि दुर्घटना हुन्छ, तर चालकका दृष्टि भ्रम पनि हुनसक्ने अनुमान लगाएर सडकमै सवारी चालकका आँखा परीक्षण सुरु गरेका हौं’, इलाका प्रहरी कार्यालयका  प्रमुख प्रहरी निरीक्षक फल बहादुर तामाङले बताउँनु भयो । , ‘सडक दुर्घटना न्यूनिकरणका लागि तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सडकमै सवारी चालकका आँखा जाँच गरिरहेका छौं ।’ काठमाडौ छुट्टीने फट्केस्वरमै  क्याम्प खडा गरि लामो तथा छोटा दुरीका सवै खाले सवारी साधनका चालकहरुको दृष्टि, कलर र भिजनको परीक्षण भएको हो ।आँखा परीक्षणका क्रममा कतिपय सवारी चालकहरुको दृष्टिमा समस्या देखिएको छ ।
कतिपयको कलर भिजनमै समस्या पाइएको आँखा जाँचमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । समस्या पहिचान भएकाहरुलाई आवस्यक्ता अनुसारको चश्मा लगाएर मात्र सवारी चलाउन सुझाइएको छ भने थप उपचार गरेर मात्र स्टेरीङमा बस्न कतिपयलाई सुझाव दिइएको छ । बस नम्बरसहित चालकको विस्तृत विवरण र चालकको समस्याबारे सम्बन्धित यातायात व्यवसायी कम्पनिमा पनि जानकारी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउँनु भयो  ।यस भन्दा अगाडी जिल्लाकै बनदेउमा आखा तथा स्वास्थ्य परिक्षण गरिएको थियो भने यो परिक्षण दोस्रो पटक हो । स्वास्थ्य परिक्षण उपलब्धीमुलक देखिएता पनि अलि बिस्वसिलो डाक्टर बाट चेकअप र लागुपदार्थ सेवन गर्ने मेसिन बाट चेक गरे अझै दुर्घटना न्यूनीकरण हुने चालक श्रीराम ढकालले सुझाव दिनु भयो  उहाँले यो अलि देखाउन मात्रै गरिए जस्तो भयायसलाइ प्रभाबकारी ढङ्गले नियमित गर्न  पर्ने समेत बताउँनु भयो ।     

, , , , ,