बेमौसमी तरकारी खेतीप्रति कृषक आकर्षित

रूपक पुरी
लोकप्रिय समाचार
बेमौसमी तरकारी खेती गरेर मेलम्ची नगरपालिका ९ ज्यामिरेका कृषकहरूले राम्रो आम्दानी गरिरहेका छन् । बासुदेव कटुवाल, भावना अधिकारी, विनोद गिरी, डम्बर बहादुर गिरी, गोमा विष्ट र रामशरण विष्टले गोलभेँडा, काउली, मुला, बन्दा, करेला लगायतका तरकारी उत्पादन गरेर घरखर्च चलाउने गर्नुभएको छ ।

कृषक बासुदेव कटुवालका अनुसार उत्पादित तरकारीहरू गाउँमै बिक्री हुने र वढी भए मेलम्ची बजारसम्म पुर्याउने गरिन्छ । खासगरी बेरोजगार भएर बस्नुभन्दा आफै रोजगार बन्ने व्यस्तता सिर्जना गर्न यो पेशा थालेको उहाँहरू बताउनुहुन्छ । तरकारी  खेती  गरेर परिवारको खर्च  धान्न सहज भएको डम्बरबहादुर गिरीले बताउनुभयो । पौरख गरे घरमै  बसी राम्रो  आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

,