टहरा वाट अस्पताल सञ्चालन




राम के.सी.
चौतारा २० मंसिर ÷ भुकम्प गएको साँढेचार वर्ष विति सक्ता पनि सिन्धुपाल्चोकको सदरमुकाम स्थित चौतारा अस्पताल टहरा बाटै सञ्चालन हुदै आएको छ ।
२०७२ साल बैसाख १२ गतेको विनाशकारी भुकम्प वाट नव निर्मित भवन क्षेतिग्रस्त भए पछि विदेशी संस्था द्धारा नीर्मित ३ वटा प्रि–फ्याव भवन बाट अस्पताल सञ्चालन हुदै आएको छ ।
हालको १५ बेडलाई स्तरोन्नती गरि ५० बेडको अस्पतालको नँया भवन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ सालको पहिलो महिना वाट काम सुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले वताउनु भयो ।
विविध कारणले क्षेतिग्रस्त भग्नावशेष पन्छाउन एक बर्ष ढिला भएकोले हालै मात्र साइट सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भए पछि प्राविधिक द्धारा माटो परिक्षण हुने र त्यसपछि मात्र लागत स्टमेट हुने हुदा त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मंत्रालय वाट चीनीया पक्ष संग समन्वय भैरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेको अबस्थामा काम गर्न तेति असहज नभए पनि सुविधा सम्पन्न भवन निर्माण भए पछि विरामी लाई अझ बढि सहज हुने अस्पतालकी डा. सविना देवकोटाले वताउनु भयो ।
चिनीया सरकारले तातोपानी नाका, जिल्ला अस्पताल र दोलखाको जिरी उच्च मा. वि. भवनको पुनः निर्माण गर्न २०७४ साल चैत १ गते अर्थ मंत्रालयको तत्कालिन सचिव शंकर प्रसाद अधिकारी र नेपालका लागि तत्कालिन चिनीया राजदुत यु–होङ विच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार चीन सरकारले तीन विलियन युआन अर्थात करीव ५० अर्व रुपैया सहयोय उपलब्ध हुनेछ ।
स्थापना कालमा हेल्थ सेक्टरको रुपमा रहेको उक्त स्वास्थ्य संस्था २०३० को दशकमा नँया भवन निर्माण भए संगै १५ बेडको अस्पतालमा परिणत भएको थियो सशस्त्र द्धन्द्धकालमा २०६३ बैसाख १० गते माओवादीको आक्रमण बाट अस्पताल ध्वस्त भएको थियो । त्यसको केहि बर्ष पछि सुविधा सम्पन्न भवन निर्माण भए पनि सञ्चालनमा आएको केहि बर्ष नवित्दै विनाशकारी भुकम्पले क्षेतिग्रस्त भएको थियो । भवन क्षेतिग्रस्त भए पछि खुलाचौरमा टेण्ट वाट सञ्चालन हुदै आएकोमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाद्धारा निर्मित प्रि–फ्याव भवन बाट सञ्चालन हुदै आएको पनि लामो समय विती सकेको अस्पतालका कर्मचारीहरुले वताएका छन । रासस 

, , , ,