इर्खु माध्यामिक विद्यालयको ६०औँ र २०सौँ अभिभावक भेला सम्पन्न
लोकप्रिय समाचार
ईर्खु माध्यमिक विद्यालयको साठी औँ वार्षिकोत्सव तथा बिसौँ अभिभावक भेला एक भव्य समारोहका बिच सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले आआफ्नो कला प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत दङ्गालले विद्यालयको वार्षिक गतिविधी आय, व्यय र विद्यालयको भावी कार्यक्रमको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयका सह प्रधानाध्यापक यज्ञ प्रसाद दङ्गाल, ज्ञानमन्दिरमाध्यमिक विद्यालयका बिब्यसका अध्यक्ष रामकृष्ण दङ्गाललगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काको सभापतित्वमा भएको कार्यक्रमका विशेष अतिथि वडा अधयक्ष तिर्थ बहादुर श्रेष्ठले शिक्षा सिकाईका लागि वडाले गर्न पर्ने सहयोगमा कुनै पनि कमि हुन नदिने बताउनु भयो। विद्यालयमा कम्प्युतर शिक्षाको लागि वडाले विशेष सहयोग गर्ने समेत बताउनु भयो ।
उँहाले वडाबाट खेलकुद विकास, शिक्षा विकास र स्वास्थ्य खानेपानीमा अरुभन्दा प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी महेन्द्र कुमार बोहोराले प्रयोगात्मक शिक्षा सिकाई नै गुणस्तरीय सिकाई हो भन्नु हुँदै सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि निजी विद्यालयका विद्यार्थीहरु भन्दा बढी प्रगति गरेका छन् । यसका लागि गुणस्तरीय शिक्षण सिकाई गर्नु पर्ने बताउनु भयो । शिक्षक विद्यार्थी र अभिभावकको समन्वय एवंम त्यस्तो भुमिकाबाट मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने समेत उँहाले स्पष्ट पार्नु भयो ।
कार्यक्रममा विद्यालयका अभिभावक पूर्व शिक्षक तथा विद्यार्थी एवंम शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो। विद्यालयका बालबालिकाहरुको नृत्यले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने पूवै विव्यस अध्यक्ष दिल बहादुर कार्की लगायत शिक्षक विद्यार्थीको कविताले कार्यक्रमलाई अझ बढी थप आकर्षक बनाएको थियो ।