प्रेस संगठन सिन्धुपाल्चोकको एकता टुङगियो

लोकप्रिय समाचार
प्रेस संगठन सिन्धुपाल्चोकको एकता टुङ्गिएको छ । विदुर आचार्यको संयोजकत्वमा २५ सदस्यीय कमिटी मंगलवार गठन गरिएको छ । संगठनको सह संयोजकमा अशोक पराजुली हुनहुन्छ । साविक प्रेस सेन्टर र प्रेस चौतारीको एकताबाट प्रेस संगठन नेपाल गठन भएको हो । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी गठन गरे लगत्तै प्रदेश र जिल्लामा संगठन गठन गर्न निर्देशन दिएको थियो ।

संगठनको सदस्यहरुमा यसोदा आचार्य, सुनिता रखाल, देवराज सुवेदी, बाजुराम थापा, गोविन्द नेपाल, दिपक खत्री, सुनिता लामा, सन्तोष चौलागाईं, केशव थापा, गोमा खत्री, दिपिन ढुंगाना, दिपक विक्रम देउजा, सुन्दर सिरिष, तारानाथ नेपाल, नारायण पराजुली, मिना दुलाल, चन्द्रकला खत्री, निर्मल बस्नेत, रमेश पराजुली, अर्जुन शर्मा, जीवन बानियाँ, केशव अधिकारी, मिङमार ग्याल्बो लामा रहनुभएको छ । प्रेस संगठन नेपाल सिन्धुपाल्चोकको चौतारामा आज सम्म जिल्ला भेलाले समिति चयन गरेको हो । भेलाकोअध्यक्षता प्रेस संगठन नेपाल सिन्धुपाल्चोकका संयोजक विदुर आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा रहनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटाले पत्रकारले जनपक्षीय समाचार लेख्नुपर्ने र बिना आधारका कपोल्कल्पित भ्रामक समाचार  पत्रकारले लेख्न नहुने बताउनुभयो । प्रमुख अतिथि सापकोटाले भन्नुभयो ’तर जे मन लाग्यो त्यही लेख्न पत्रकारलाई छुट छैन ।’ सम्पुर्ण पत्रकारले निष्पक्ष पत्रकारिता गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारले सबैको  सत्यतथ्य समाचार लेख्नुपर्ने उहाँको भनाई थियो । उक्त कार्यक्रममा नेकपा प्रदेश नम्बर तिनका सदस्य तथा पूर्व सांसद सुभाष कर्माचार्य, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य माधव नेपाल, नेकपाका जिल्ला सदस्य तथा प्रकाशन तथा प्रचार विभागका इन्चार्ज यज्ञ सापकोटा लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन संगठनका सह संयोजक अशोक पराजुलीले गर्नुभएको थियो । संगठनको पहिलो बैठक समेत मंगलबार बसि विभिन्न निर्णय गरिएको सह संयोजक अशोक पराजुलीले बताउनुभयो ।

,