काँग्रेसद्धारा पराराष्ट्रमा ज्ञापन पत्र
लोकप्रियसमाचार नेपाली कााग्रेसद्धारा परराष्ट मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । कााग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणलगायतले ज्ञापन पत्र बुझाएको बिज्ञप्ती मार्फत जानकारी गराइएको छ । बिज्ञेप्तीमा भनीएको छ, नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था गर्ने बिषयमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय बालकृष्ण खाणज्यू लगायत नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य श्री जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष श्री बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष श्री सुदर्शन थापा मगर, श्री मनोज गुरुङ, श्री रामकृष्ण श्रेष्ठ सहितको टोलीले ६गते परराष्ट्र मन्त्री माननीय प्रदिप ज्ञवालीलाई भेटी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
काठमाडौं–हङकङ–मकाउ÷मकाउ–हङकङ–काठमाडौं सबै भन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था नभएकोले हङकङको ट्रान्जिट भिषा व्यबस्थाका लागि प्रमुख सचेतक बालकृष्ण खाणले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउनु भएको हो ।भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको समेत नेपाली काागे्रस संसदीय दलले जनाएको छ ।