कानुन संशोनमा काँगे्रसको बिरोध





लोकप्रिय समाचार नेपाली काँग्रेसले नेपाल सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ सम्बन्धमा नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।  काँग्रेसका बालकृष्ण खाँडद्धारा सोमबार जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको छ । बिज्ञेप्तीमा भनीएको छ नेपाल सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ सम्बन्धमा नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारद्वारा अगाडि बढाइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य छैन ।

प्रस्तुत भएको विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ  र  संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई नेपाली कांग्रेस सचेत गर्दछ । बिज्ञेप्तीमा भनीएको छ ।

, ,