लोकप्रिय समाचार,
बालविवाह न्यूनिकरण सम्वन्धी समुदाय स्तरमा पारिवारीक अन्तरकृया कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको ६ वटा वडामा आदिवासी जनजाति महिला उत्थान केन्द्रद्धारा उक्त कार्यक्रम गरिएको हो । वालविवाह न्यूनिकरण गर्ने उद्धेश्यले ८ वटा किशोरकिशोरीहरुको समुह निर्माण गरि विभिन्न कार्यक्रम संचालन गर्दै वालविवाह न्यूनिकरण गर्नको लागि प्रत्येक समुहवाट सल्लाह सुझाव लिइएको थियो । किशोरकिशोरी समुहका संयोजक र स्वयंसेवकहरुको नेतृत्व विकास,क्षमता विकास गराउनको निमिक्त केन्द्रको का.वा.अध्यक्ष पानमाया तामाङले विभिन्न कृयाकलाप गरि र सानो उमेरमा विवाह गर्न नदिनको निमित्त प्रशिक्षण पश्चात नेतृत्व लिइ काम गर्न किशोरकिशोरीहरुको हौसला दिइ जिम्मेवारी बोध गराइ आफु बसोबास गरिएका समुदायमा सानो उमेरमा विवाह गर्न नहुने जानकारी दिनको लागि घर परिवारका अभिभावक लगायतका सदस्यहरुलाइ सचेत गराउन पारिवारीक अन्तरकृया कार्यक्रम गरिरहेको बताउँनु भयो । उँहाले प्रत्येक समुदायमा संचालन गर्न किशोरकिशोरी समुहका संयोजक र स्वयंसेवक तत्पर भइ आफ्नो समुहमा छलफल गरि प्रत्येक घर परिवारमा घर दैलो कार्यक्रम शुरु गर्न लागिरहेको समेत स्पष्ट पार्नु भएको छ । सानो उमेरमा विवाह गर्दाको असर राज्यले उमेर नपुगी विवाह भएमा वा गराएमा कानुनी सजाय हुने र विवाह समेत वदर हुने जस्ता विविध विषयमा समुहका संयोजक स्वयंसेवकहरु प्रशिक्षणबाट प्रशिक्षत भइ आफ्नो समुदाय र समुहमा छलफल गर्ने प्रतिबद्धता गरी कार्यक्रम संचालनको तयार गरिएको कार्यक्रमको कार्यक्रम संयोजक शान्ति थिङले जानकारी दिएको थियो
बालविवाह न्यूनिकरण सम्वन्धी समुदाय स्तरमा पारिवारीक अन्तरकृया कार्यक्रम
[email protected] Powered by Blogger.
