भोताङका १७ घरधुरीलाई ४० मौरीको घार वितरण
रूपक पुरी
लोकप्रिय समाचार
व्यवसायिक मौरी पालनतर्फ किसानलाई आकर्षित गर्ने उदेश्यले पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङका १७ घरधुरीलाई ४० वटा मौरीको घार वितरण गरिएको छ । केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत किसानहरूलाई सहयोग पुर्याएको हो ।

संस्थाको सहयोगपछी स्थानीयको जाँगरले गर्दा भोताङको यार्सामा हाट बजार सुरू भएको छ । तरकारीमा आलु र मुलामात्र उत्पादन हुने भोताङमा अहिले जुनसुकै तरकारि सहज रूपमा पाईने मङ्गले तामाङले बताउनुहुन्छ । उहाँका अनुसार खाद्य सुरक्षा र जिविकोपार्जन कार्यक्रम सुरू हुनुभन्दा पहिले मेलम्ची बजार पुगेर तरकारी किनेर खाने गरेका भोताङका स्थानीय अहिले मेलम्ची बजारमा तरकारी निर्यात गर्न थालेका छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो भोताङलाई तरकारीको अर्गा्निक पकेट क्षेत्र बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रमलाई यस्ता कार्यक्रमले थप मद्धत मिलेको बताउनुहुन्छ ।