लोकप्रिय समाचार
नेपाल सरकारले नेपालमा निमार्ण हुन लागेको विद्युतबाट चल्ने सवारी साधनहरु निमार्ण गर्ने भएको छ । त्यसलाई मध्य नजर गर्दै त्यसको निमार्ण कार्यलाई तीव्रताको साथ अगाडी बढाएको छ । विद्युत प्राधिकरणले ठेक्का प्रक्रिया समेत सुरु भएको भनेर उर्जा सचिव दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो ।
नेपाल प्राधिकरणले नेपालका विभिन्न मुख्य सहर भित्र र सवारी साधन आउने जाने भइरहने मुख्य सडक त्यसैगरी विश्व विद्यालय, सरकारी निकाय, होटेल र विभिन्न उपर्युक्त ठाउँमा राख्ने जनाएको छ। सरकारले धेरै संङ्ख्यामा विद्युतीय बस किन्ने निर्णय गरको थियो । तर हाल नेपालमा साना गाडीमात्रै चार्जिङ् गर्न मिल्ने भएकोले नेपाल सरकारले विभिन्न स्थानहरुमा पनि थप प्रक्रिया अगाडी बढाएको पनि घिमिरेले बताउनु भयो ।
नेपालमा पनि अब धेरै सुविधा आएको छ । त्यसै गरी ठुला विद्युतबाट चल्ने विद्युतीय बसका लागी समेत हुने गरी करिब ६० ठाउँमा चार्जिङ स्टेशन निमार्णका लागी प्रक्रिया अगाडी बढाएको छ । साथै अब निमार्ण हुने चार्जिङ स्टेशनमा ठूला सवारी साधन पनि चार्ज गर्न मिल्ने व्यवस्था मिलाउँछु भनेर सचिव घिमिरेले भन्नुभयो ।
देशभर विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण कार्य सुरु
[email protected] Powered by Blogger.
