जिप्रकाद्वारा रेड पाण्डा चोरी गर्ने फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले रेड पाण्डा चोरी गर्ने फरार प्रतिवादी पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालत चौताराको २०७५ वैशाख ०६ गतेको फैसला आदेश अनुसार रु. ५,००,००।– (पाँच लाख) जरिवाना भएको रेड पाण्डा चोरी सिकारी मुद्दाको प्रतिवादी सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५७ को पेमा लामालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक                   बाट फैसला कार्यान्वनको सिलसिलामा खटिएको प्रहरी टोलीले २०७६ पौष ०७ गते पक्राउ गरी जरिवाना असुलीको लागी २०७६ पौष ०७ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा सिन्धुपाल्चोक चौतारा पेश गरेपश्चात तोकिएको जरीवाना तिर्न नसकी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ.माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।


,