रोग लागेर अलैँचीका बोट सखाप

रूपक पुरी
लोकप्रिय समाचार
रोग लागेर अलैंचीका बोट सखाप भएपछि र बजार मूल्यसमेत राम्रो  नपाउँदा सिन्धुपाल्चोकका किसानले पेशा नै परिवर्तन गर्न थालेका छन् । लिसँखुपाखर गाउँपालिका ४ अत्तरपुरका शशिनाथ शाक्यले १५ वर्षदेखि अलैंची ब्यवसाय गर्दै आउनु भएको थियोे । घरमै बसी बार्षिक ५ लाख आम्दानी गरिरहनु भएका शाक्यको अलैंची खेतिमा केही वर्ष देखि सिँदुरे र गानो कुहिने रोगले आक्रमण गरेपछि ब्यवसाय नै चटक्कै छोड्नु भएको छ । अलैंचीका बेर्ना उत्पादन तथा अलैंची भट्टीनै राखेर अलैंची ब्यवसाय गर्नुभएका शाक्य पेशा परिवर्तन गर्ने सोचमा रहेको बताउनुहुन्छ । सिन्धुपाल्चोकका किसानलाई यो व्यवसाय सिकाउनु भएको शाक्यले जिल्लाभरि नै अलैंचीका बिरुवा बिक्री गर्नुहुन्थ्यो । तर अहिले ब्यवसायबाटै हात धुनुभएको छ ।मेलम्ची नगरपालिका १० शिखरपुरका कृष्ण खनालले अलैंचीको भाउ राम्रो आएपछी धान फल्ने ५ रोपनि खेतमा अलैंचीका बिरुवा लगाउनुभयो । किलोको २५ सयमा बिक्री हुने अलैंची यो वर्ष  पाँच सयमा पनि विक्न गार्‍हो भएपछि उहाँ  पनि व्यवसाय छोड्ने सोचमा रहेको बताउनुहुन्छ । एकातिर रोग लागेर भनेजस्तो उत्पादन गर्न नसकिने र अर्कोतर्फ बजारमा मूल्य पनि नआउँदा जोश जागर मरेको खनाल बताउनुहुन्छ । सिंदुरे र गानो कुहिने रोग नियन्त्रण नगर्ने हो भने अलैंची खेती गर्ने किसानले वैकल्पिक पेशा अपनाउन बाध्य हुनुपर्ने मेलम्ची नगरपालिका ९ ज्यामिरेका किसान विनोद गिरी बताउनुहुन्छ । उहाँले कृषि कार्यालयले यसतर्फ ध्यान दिनुपर्ने समेत बताउनुभयो ।

,