संस्कार र संस्कृतिले मानिसलाई अनुशासित बनाउँछःप्रमुख ताामाङ

लोकप्रिय समाचार
संस्कार र संस्कृतीको जगेर्ना गर्न सके मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । जब मानिस संस्कार बिर्सन्छ  अनि त्यस मानिसलाई रोगले समेत सताउन सक्छ ।


त्यसैले संस्कृतिको जगेर्ना गर्न पर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनु भएको छ । उँहाले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० स्थित रामदेवी माध्यमिक विद्यालय भवनमा आयोजित तामाङ्गहरुको भेलाको उद्घाटन गर्दै यस्तो बताउनु भयो । उँहाले  संस्कारलाई मानिसल खेलौना बनाउन नहुने बताउँदै संस्कारमा रहेको मानिसहरु अनुशासित हुने बताउनु  भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० स्थित हर्रे लगायतका तामाङ्गहरुको भेलामा बोल्दै तामाङ्गले आफु सबै नागरिकको  समस्या समाधान गर्नका लागि पर्ने बताउँदै समान रुपमा व्यवहार गरिरहेको र गरिरहने बताउनुभयो । स्थानीय समाजसेवी, नेता तथा नेपाल तामाङ्ग धेदुङ्ग सङ्घ पहिलो भेला आयोजक समितिका सभातित्व रहरमान तामाङ्गले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ्ग धेदुङ्ग सङ्घले गरेका हरेक कार्यक्रमलाई आफ्नो तर्फ बाट हुन सक्ने सहयो गर्ने बताउँदै नेकपा चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष रामचन्द्र बस्नेतले तामाङ्गहरुको संस्कार र भेषभूषाले छुट्टै पहिचान राखेको बताउनु भयो । वडा नं १०का वडाध्यक्ष बेल बहादुर महतले  आफुले संस्कृति, संस्कार र कलाको जगेर्ना गर्नको निमित्त विभिन्न प्रकारले सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। तामाङ्ग धेदुङग नगर सल्लाकार उजारसिंह तामाङ्ग, ज्ञान बहादुर तामाङ, नगर शिक्षा  सिमतिका सीता थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरपालिका भित्रकै ऐतिहासिक कार्यक्रम  भएको अनुभव भएको थियो। करिब पाँच सयभन्दा बढीको सङ्ख्यामा  तामाङ्गहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तामाङहरुले विभिन्न झाँकी नाच तथा सांस्कृतिक परम्पराले कार्यक्रमलाई मनोरञ्जन समेत गराएको थियो । भेलाले कमानसिंह तामाङ (कमल क) को अध्यक्षतामा १७ सदस्यीय नेपाल तामाङ धेदुङ संघ १० नं वडा समिति गठन गरेको छ । जसमा उपाध्यक्षमा विशाल तामाङ, महिला उपाध्यक्षमा विनिता तामाङ, कोषाध्यक्षमा मानकाजी तामाङ, सचिवमा श्याम बहादुर तामाङ र सदस्यहरुमा भुवन तामाङ, अशोक तामाङ, कमानसिंह तामाङ (ख), राम बहादुर तामाङ, त्रिमान तामाङ, संस्थामाया तामाङ अन्जु तामाङ लगायत रहनु भएको छ । भेलाले रहरमान तामाङको संयोजकत्वमा सल्लाहकार समितिको समेत गठन गरेको छ भने अन्य विभिन्न विभागहरु समेत गठन गरको नवगठित संघका अध्यक्ष कमल तामाङले बताउनु भयो । तामाङ र लामा विधि अनुसार नगर प्रमुख तामाङले एक समारोहको बिच कार्यक्रम उद्धाटन गर्नु भएको थियो ।

,