नेता ढुङ्गगेलको निधन प्रति काँग्रेसद्वारा शोक विज्ञप्ति

लोकप्रिय समाचार
संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका नेता रामेश्वर ढुंङ्गेलको पौष ०१ गते निधन भएको छ। ढुंङ्गेलको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गर्दै शोक विज्ञप्ति प्रकाशित गरेको छ । पौष ०२ गते काँग्रेसको प्रमुख सचेतक बालकृष्ण खाडद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान सभा सदस्य माननीय रामेश्वर ढुंङ्गेलको हिजो मिति २०७६ पौष १ गते महाराजगंज स्थित त्रि.वि.वि.शिक्षण अस्पतालमा उपचारको क्रममा भएको असामयिक निधनले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ । वि.स. २०१७ साल भक्तपुर जिल्लामा जन्मनु भएका स्वं ढुंङ्गेल नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन विस्तार, सुदृढीकरण तथा पार्टीलाई गतिशील बनाउन सदैव क्रियाशिल हुनुहुन्थ्यो । २०७० सालको संविधान सभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएका नेता ढुंङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।
उहाँले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । स्व. ढुंङ्गेल प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनु भएको थियो । उहाँ जस्तो एक कुशल नेतालाई गुमाउनु पर्दा नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्व.ढुंङ्गेलले पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

,