जनजाति महिला उत्थान केन्द्रद्वारा लैगिंक हिंसा विरुद्ध कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार
समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने मूल नारालाई आत्मसात गरि १६ दिने लैगिंक हिंसा विरुद्ध अभियान आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा अभियानलाई व्यापकता गर्ने गरी बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका विद्यालय र वडामा त्जभ न्ष्चकि ँष्कत ँगलम परियोजनाद्वारा निर्माण गरिएका किशोर किशोरीहरुको समुहका संयोजक स्वयंसेवकहरुको संयुक्त रुपमा श्रीकृष्ण रत्नगंगामा भेला भइ १६ दिने लैगिंक हिंसा विरुद्धको साथै किशोरकिशोरीहरुको सानो उमेरमा विवाह गर्न कानुनले रोक लगाएको र उमेर नपुगी विवाह भएमा शिक्षा स्वास्थ्य असर र शारिरिक परिपक्वता भइ नसकेको र पछि स्वास्थ्यमा असर हुने जानकारी टुकी संघका फिल्ड सुपरभाइजरबाट किशोरकिशोरीलाइ जानकारी गराइएको थियो ।

त्यसै गरि आदिवासी जनजाति महिला उत्थान केन्द्रको कार्यवहाक अध्यक्ष पानमाया तामाङबाट महिलामा गरिने हिंसाको प्रतिकार गर्न सक्ने क्षमता किशोरकिशोरीहरुले निर्माण गर्न पर्छ हिंसा सहन हुदैन भनि जानकारी दिएको थियो । कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. ६ को गिदानेमा १६ दिने लैगिंक हिंसा विरुद्धको अभियान वडा महिला संजाल र बालविवाह न्यूनीकरण सम्बन्धी किशोरकिशोरीको समुहको आयोजनामा जिल्ला समन्वय परिषद्को उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा महिला हिंसामा पर्नुमा अंश र वंशको कारण पनि महिलाले हिंसा व्यहोर्नु परेको जानकारी गराउनु भयो । त्जभ न्ष्चकि ँष्कत ँगलम का कार्यक्रम संयोजक शान्ति थिङले बालविवाह न्यूनीकरण गराउन अभिभावक सरोकारवाला सबैको दायित्व हो भनि कार्यक्रममा हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरियो ।

,