ढुगांनावेसिमा शिव मन्दिर निर्माण हुने

रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङको ढुँगानावेसिमा शिव मन्दिर निर्माण हुने भएको छ । मेलम्ची नगरपालिका ६ का वडाअध्यक्ष जितराज थापाले मन्दिरको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै थापाले मन्दिर निर्माणका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्वता  समेत जनाउनुभयो । मन्दिर निर्माणका लागि तीन हजार भन्दा वढी सहयोग गर्नेको नाम मन्दिर परिसरमा शिलालेखमा राखिने मन्दिर निर्माण समितिका अध्यक्ष रण बहादुर ढुगांनाले बताउनु भयो । उहाँले मन्दिर निर्माणका लागि सबैलाई सकेको सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।

,