लोकप्रिय समाचार
नेपाली काँग्रेसले कोहलपुरको घटनालाई लिएर विरोध जनाएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडद्वारा एक विज्ञप्ती जारी गरि विरोध गरेको हो ।
जारी विज्ञप्तीमा मिति २०७६ मंसिर २२ गते बाँके जिल्लाको कोहलपुरमा विद्यालय जाँदै गरेकी छात्रा प्र्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भिर घाइते बनाएको र सो घटनाको विरोधमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस तथा कुटपिट गरी दमन गर्न खोजेको घटना प्रति नेपाली काँग्रेस संसदीय दल गम्भिर आपत्ति व्यक्त गर्दछ भनिएको छ । विज्ञप्तीमा देशको शान्ति सुरक्षा कायम गर्ने निकाय जस्तो जिम्मेवार निकायले संयमित भई कर्तव्य पालना गर्नुको साटो त्यसको ठिक विपरित गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्यमा संलग्न भएको छ । विद्यालय भित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीय छ । घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा गम्भिर भई घाइते भएकी प्रकृति चन्द लगायत अन्य घाइतेहरुको उचित स्वास्थ्य उपचार एवं उचित क्षतिपूर्तिको व्यवस्थाका साथै यस घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । यस्ता प्रकारका घटना पुनःनदाहोे¥याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई संयमका साथ सचेत रहन नेपाली काँग्रेस आग्रह गर्दछ भनिएको छ ।
काँग्रेसद्वारा कोहलपुर घटनाको विरोध
[email protected] Powered by Blogger.
