खानेपानी समस्या समाधानमा सहयोग गर्न तामाङको अनुरोध

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लालाई खानेपानी समस्या मुक्त जिल्ला बनाउने अभियानमा लाग्नु भएका पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गले चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न स्थानमा अनुगमन गर्नु भएको छ । चौतारा साँँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको र विशेष गरी धार्मिक स्थल गौँराती मन्दिरका कारण पनि राष्ट्रिय स्तरमा पहिचानमा रहेको नगरपालिका हो । ददीराम पराजुलीले बताउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा विगत धेरै समय देखी खानेपानीको समस्या भोगीरहेका नागरिकहरुको समस्या समाधान गर्नका लागी के गर्ने भन्ने विषयमा संघीय खानेपानी कार्यालयका योजना प्रमुखहरु सहित खानेपानीको स्थायी समस्या समाधानका लागी मुहानको खोजीका साथै  कार्यान्वयनका लागी अनुगमनमा जानुभएको हो । खानेपानीको स्थायित्वका लागी संघीय तथा प्रादेशिक कार्यालयहरुका प्रतिनिधी सहितले होल्चे थालखर्क खानेपानी वितरण तथा प्रशोधन केन्द्रको अवलोकन गरेका हुन् । विशेषगरी प्रशोधन केन्द्रको अनुगमन गर्दा सुधार गर्नैपर्ने अवस्था देखिएकोले त्यसको स्तरोन्नती गर्न अत्यन्तै आवश्यक रहेको पुर्व कानुनमन्त्री समेत रहनु भएका तामाङले बताउनु भयो । उँहाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १०, ११, १२ मा निर्माण हुन लागेको पानीको लागी पनि पछी समस्या नपरोस् भनेर अहिले नै पर्याप्त पानीको व्यवस्था गर्न पर्ने भन्दै थप व्यवस्था  गर्नका लागी समेत आवश्यक सहयोग गर्न पर्ने देखिएको बताउनु भएको छ । उँहाले दुवै योजनामा मन्त्रालयले सहयोग गर्न पर्ने बताउनु भयो । जाडेखोला– टुनीबोटे– हर्रे–साँगाचोक खानेपानी आयोजनामा निर्माण हुन लागेको खानेपानीको श्रोतका बारेमा जानकारी लिदेै आवश्यक परेमा सुनकोशी नदीबाट समेत पानी तानेर पर्याप्त खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनु भयो । अनुगमनको क्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख एवं सहसचिव नन्दलाल बन्जाडे सहित भएको टोलीमा निरीक्षण गर्दा सुनकोशीको पानी समेत लिफ्ट गरेर साविक साँगाचोक हाल चौतारा साँगाचोकगढी  नगरपालिका  १०, ११ र १२ का करिब दुई हजार दुई सय बाइस घरधुरीलाई पर्यात खानेपानीको व्यवस्था गर्न लागिएको छ । सुनकोशीको पानी लिफ्टिङ गरी प्रशोधनशालामा मिसाउँदा पम्पको क्षमता बाहेक सबै खालको संरचना अहिलेकै संरचना बमोजिम हुने भएकाले पनि सुनकोशीको पानी लिफ्टिङ गरेर निर्माणाधीन जाडेखोला– टुनीबोटे– हर्रे– साँगाचोकको खानेपानी प्रशोधन केन्द्रमा सुनकोशीको पानी थप गर्नुपर्ने देखिन्छ । यो योजना २०७७ असारभित्र सम्पन्न गर्ने सम्झौता भएपनि २०७६ सालमा नै सम्पन्न गरेर स्थानीय नागरिकलाई खानेपानीको व्यवस्था गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष

,