गायक खजुमको स्वरमा सजिएको म्युजिक भिडियो सार्वजनिक
लोकप्रिय समाचार
गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर...’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित हुनुभएको थिएन ।

भिडियो सार्वजानिक पश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताउनु भएको थियो । कलाकार तथा गायकहरूलाई अनिवार्य रुपमा देखाएर म्युजिक भिडियो बनाइनु नेपाली विशेषता बन्दै गइरहेको खापुङको इङ्गित थियो ।
खापुङले भिडियो कलात्मक बनाउने कि कलाकारहरूले जादुमयी अभिनय गर्ने भन्ने कुरा पछिल्ला दिनमा बहस हुन थालेको पनि बताउनु भएको थियो । एरेन्जर तथा संगीतकार कृष्णभक्त राईले शब्दले आफूलाई तानेकोले संगीत गर्न सजिलो भएको बताउनु भएको थियो  । त्यसैगरी कलाकार प्रकाश श्रेष्ठले पहिलो काम पाएको बताउनु भएको थियो ।
पहिलो काममा प्रशस्तै मेहनत गरेको र धेरै सिक्न पाएको बताउनु भएको थियो । अर्का कलाकार विमला खजुमले पहिले निकै म्युजिक भिडियोमा अभिनय गरे पनि यस गीतमा काम गर्दा विशेषखाले आनन्द आएको बताउनु भएको थियो। ‘पहिले काम गरेर मात्र नहुने रैछ, हरेक काममा नयाँ कुरा सिकिने रैछ ।’ उहाँको कथन थियो । गायक सुशान्त खजुमले गायनमा आफ्नो रहर मात्र नभएर मेहनत पनि गर्दै आएको बताउनु भएको थियो । निर्देशक खुश्बु पुडासैनीले आफू निर्देशक भएपनि टिमवर्कबाटै काम सम्पन्न भएको कुरा बताउनु भएको थियो ।
आफ्नो पहिलो काम भए पनि भिडियो पूर्ण बनेर आउँदा सन्तुष्ट रहेको बताउनुभयो ।एलपी सुब्बा थेगिमको रचना र कृष्णभक्त राईको संगीत तथा एरेन्जमा तयार भएको गीतलाई सुशान्त खजुमले गाउनु भएको हो । अकिल राईको छायांकन÷सम्पादन रहेको भिडियोमा विमला खजुम, प्रकाश श्रेष्ठ, सुमित ढकालले अभिनय गर्नुभएको छ । भिडियोका निर्देशन खुश्बु पुडासैनीले गर्नुभएको हो । भिडियो रेन्बो रेज मिडियामार्फत सार्वजानिक भएको हो ।

, ,