माइटी माइन्ड्सका संस्थापक साउद दुबईमा सम्मानित
लोकप्रिय समाचार
शनिबार दुबईमा आयोजना गरिएको विशेष पुरस्कार समारोहका बीच बनेपामा अवस्थित माइटी माइन्ड्स प्रा.लि. का संस्थापक सौगात सिंह साउद ग्लोबल एडुप्रेन्योर अफ द इयर २०१९–नेपाल नामक पुरस्कारबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
माइटी माईण्ड्सका संस्थापक सौगात सिंह साउदले शिक्षासंग सम्बन्धित यस्ता पुरस्कारहरु न्यून हुने भएकोले यस प्रकारको कार्यक्रमले सम्बन्धित व्यक्तिहरुलाई प्रेरित गर्ने र यस्ता कार्यक्रम नेपालमा पनि हुनुपर्ने बताउनुभयो । सो पुरस्कार समारोहको समुहगत छलफलमा समेत सहभागिता जनाउनु भएका सिंहले विश्वमा द्रुत गतिमा विकास भइरहेको विज्ञान र प्रविधिले शिक्षा, शिक्षक तथा शैक्षिक क्षेत्रमा निम्त्याउन सक्ने चुनौतीहरुको बारेमा आफ्नो विचार पनि प्रस्तुत गर्नु भएको थियो । यो सम्मान र पुरस्कारबाट शैक्षिक क्षेत्रमा अझ नयाँ ढंगले जिम्मेवारीपूर्वक काम गर्ने हौसला मिलेको बताउनुभयो । सो कार्यक्रममा नेपालले तीन विधामा पुरस्कार पाउनु भएको थियो ।
यस कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, यु.ए.ई, प्यालेस्टाइन, साउथ अफ्रिका, फ्रान्स, बंगलादेश, अजरबइजान र अन्य विभिन्न देशका शिक्षकहरु, शैक्षिक संस्थाका संस्थापक तथा प्रधानाध्यापकहरु, मुख्य कार्यकारी अधिकारीहरु, प्रशिक्षकहरु र शिक्षा क्षेत्रमा योगदान दिइरहनु भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो। विजेताहरुलाई विभिन्न विधाहरुमा सम्मान गरिएको थियो ।