गुफाडाँडामा पुन ७८ झण्डा फहरिने

अर्जुन शर्मा
लोकप्रिय समाचार
गत साल पौष १५ देखि १७ सम्म राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । गत वर्षको त्यस अवसरलाई स्थायित्व गर्न र उक्त ठाँउको प्रचारको लागि पुन यस वर्ष पनि पौष १८ गते जलवायु दिवसका अवसरमा गुफाडाँडामा विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

 उहाँले भन्नुभयो ‘हरेक साल यस ठाउँमा जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुने गरि सिङ्गो मुलुककै ध्यान आकृष्ट हुने गरि कुनै न कुनै गतिविधि सञ्चालन गरि रहने छौ।’
जलवायु दिवस, शैक्षिक सम्मेलन तथा भ्रमण बर्ष २०२० मनाउने उद्देश्यले गर्न लागिएको उक्त कार्यक्रममा गत वर्षको झै ७८ वटा झण्डा फहराउने भएका छन् । ७७ वटै जिल्लका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले १ गरि कुल ७८ वटा  झण्डोत्तलन गर्ने, पालिका स्तरिय वत्तृत्वकला गर्ने, जलवायु  प्रतिमामा पुष्पगुच्छा समेत अर्पण गर्ने तथा सार्क खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका सम्पुर्ण खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रम गत बर्षको झै भव्य नभएतापनि ऐतिहासिक हुने र यसको तयारीमा तीव्र रुपले लागिरहेको जिल्ला समन्वय समिति सिनधुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटाले बताउनु भयो ।
उक्त ऐतिहासिक कार्यक्रमको उद्धाटन भने नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुने भएको छ ।
गत वर्ष भने राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा आई राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

, ,