कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय धादिङले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत धादिङ जिल्ला अदालतबाट २०४५ मंसिर २७ गतेको फैसलाले ६ महिना कैद हुने ठहरी फैसला भएको कुटपिट मुद्दाका फरार प्रतिवादी धादिङ जिल्लासाविक नलाङ गा.वि.स.वडा नं.८ हाल सिद्धलेक गा.पा.२ बस्ने वर्ष ६३ को कृष्ण बहादुर अर्याललाई २०७६पौष ०३ गते प्रहरीद्वारा पक्राउ गरी धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय धादिङ चलान भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता र सूचना अधिकारी प्र.नि. सरोज राईले जानकारी दिनुभयो ।