हेटौँडामा आधुनिक फुटबल मैदान निर्माणको ८० प्रतिशत काम सम्पन्न

श्याम बहादुर श्रेष्ठ
लोकप्रिय समाचार
मकवानपुरको हेटौँडामा निमार्ण हाल निमार्ण भइरहेको फुटबल मैदानको काम ८० प्रति शत कार्य  सम्पन्न भएको छ । आधुनिक र सुविधा सम्पन्न भएको त्यस फुटबल मैदानको  आगामी फागुन सम्म निमार्ण सम्पन्न हुने खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा त्यस खेल मैदान सम्याउने र विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने तरिकाले पानी बाहिर निकासाका साधनहरु जडान गर्ने कार्य पनि भइरहेको छ ।
प्रदेश सरकारले मकवानपुरको  हेटौँडा र  सिन्धुपाल्चोकमा  समेत फुटबल मैदान निमार्ण भइरहेको  र  दुवैको काम अन्तिम चरणमा रहेको भनेर ३ नँ प्रदेशको मुख्य मन्त्रि डोरमणी  पौडेलले बताउनु भयो  । मुख्य मन्त्रि पौडेलले हेटौँडामा रहेको गौरीटार रङगशालामा फुटवल मैदान  र कभर्डहलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिदै उहाँले सोहि ठाउँमा आगामी वर्षभित्र क्रिकेट मैदानको निमार्ण समेत सकिने र मैदानको प्यारापिट समेत तत्काल शुरु गरिने बताउनु भयो । उहाँले भन्नु भयो हाम्रो कार्यकालभित्र  सबै खालका प्रतियोगीता आयोजना गर्न मिल्ने ठुला स्तरका  रङगशाला  निमार्ण हुन्छन् र  प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदान बन्छन पनि भन्नुभयो ।
त्यस रङगशाला २३ विघा जमिनमा फैलिएको र खेलाडी बसोबास गर्न मिल्ने सुविधायुक्त आवासको निमार्ण भइसकेकमे छ । प्रतिष्ठानको गुरुयोजना अनुसार फुटवल मैदान, पौडी पोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुटै आवास कक्ष, रिक्रिएसन कक्ष र प्रशासनिक भवन निमार्ण हुने जनाएको छ ।