रेडक्रस उपशाखामा पुन श्रेष्ठ
लोकप्रिय समाचार
नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखाको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट सभापति पदमा विष्णु श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ । तातोपानी उपशाखा कार्यालयमा सम्पन्न उपशाखा अधिवेशनले सभापति सहित ११ जनाको कार्यसमिति निर्वाचित गरेको हो । आगामी २ वर्षका कार्यकालका लागि उपसभापति तारा शाक्य, सचिव साङ्गे छेवाङ् तामाङ, कोषाध्यक्ष तारा देबि श्रेष्ठ, सह सचिव मान बहादुर तामाङ, उपकोषाध्यक्ष राजकुमार सुनुवार र सदस्यहरुमा क्रमशः अमृत कुमार खड्का, पहल बहादुर घतानी, बल बहादुर तामाङ, वाङदिलामा र देबि बहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकारी तथा जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताउनु भएको छ ।