बढ्दो भ्रष्टचार न्यूनीकरणमा सरोकारवालासँग अन्तरक्रिया
लोकप्रिय समाचार
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले आफुहरुको व्यवहार सफा रहे मात्र अरुलाई पनि व्यवहारमा सफा रहनु होस् भन्न सकिन्छ भन्दै आफुहरुको आचरण सफा हुनुपर्ने बताउनु भएको छ । उहाँले जब सम्म मानिसले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नका लागि पुरै जिम्मेवार हुँदैन तबसम्म भ्रष्टाचारको गन्ध रहन्छ भन्ने गरेको अवस्थामा सबैले यस तर्फ ध्यान दिनुपर्ने देखिएको समेत उहाँले बताउनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भएको सो अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरुले केही जनप्रतिनीधीहरुले आफन्त मात्र राखेर उपभोक्ता समिती बनाउने गरेकोले त्यस्ता ठाँउमा भ्रष्टचार बढी हुने गरेको बताएका छन् । विशेष गरि जनप्रतिनीधीहरु पनि यसमा चनाखो हुनुपर्ने सरोकारवालाहरुको भनाइ रहेको थियो । अन्तर्राष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय चौताराले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सबैले मिलेर अनियमिततालाई रोक्न सके मात्र भ्रष्टचारमा कमी आउने भएकाले अनियमितता हुनै नदिनतर्फ सबै सचेत रहनुपर्ने बताएका थिए। ट्रान्फरेन्सी इन्टरनेशनल सिन्धुपाल्चोकको समेत सहजीकरणमा कार्यक्रम भएको थियो।