पौष १८ मा गुफाडाँडा दिवस हुने, पर्यटन वर्ष सफल पार्न आग्रह

लोकप्रिय समाचार
नेपाल पर्यटन वर्ष २०२० मा धेरै भन्दा  धेरै  पर्यटक भित्र्याउनका लागि सिन्धुपाल्चोक जिल्लास्थित जिल्ला स्तरीय मुल सहजीकरण तथा आयोक समितिले पर्यटक तथा आगन्तुक पाहुनाहरुलाई तीस प्रतिशत छुटमा होटलहरुले सेवा दिनुपर्ने  निर्णय भएको छ । सहजीकरण सचिवालयका संयोजक कृष्ण गोपाल तामाङ्गको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गको विशेष आतिथ्यतामा  भएको बैठकले यस्तो निर्णय गरिएको हो ।

जिल्ला सम्मन्व समितिको कार्यालय चौतारामा भएको पत्रकार भेटघाट कार्यक्रममा संयोजक कृष्ण गोपाल तामाङ्गले आगामी पौष १८ गते गुफाडाँडामा हुने गुफाडाँडा दिवस   मनाउने कार्यका लागि  कसरी बढि भन्दा बढि आकर्षक बनाउने भन्ने बिषयमा सबै लागि परेको बताउनु भयो। जिल्ला स्थित सक्रिय सञ्चारकर्मीहरु  बिच छलफल भएको थियो । यस अघि बसेको बैठकले जनवरी ०१ तथा पौष १६ गते देखि एक हप्ता सम्म जिल्लामा रहेका विभिन्न जात, जाती, भाषा, भाषी, कला, संस्कृती प्रस्तुत गरिने निर्णय गरिएको छ । त्यस्तै भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि हरेक होटल मात्र होईन, ¥याफटिङ् मा पनि कम्तिमा पनि तीस प्रतिशत  छुट दिने निर्णय भएको छ । पौष १८ गते जिल्लाको १२ वटै पालिका बिच वक्तृत्वकला प्रतियोगिता र जिल्ला स्थित  उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरी झण्डोत्तोलन गरिने भएको छ ।

,