जिप्रका धादिङमा सिकाई आदान प्रदान भ्रमण कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार
२०७६ मंसिर ३० गते बिहान ०८ः३० मा जिल्ला प्रहरी कार्यालय धादिङमा सिकाई आदान प्रदान भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।


समुदाय प्रहरी साझेदारी तथा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा भएका जनचेतनामूलक कार्यक्रम मार्फत जिल्लाको समग्र शान्ति सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी अपराधहरु न्यूनीकरणका लागी जिल्ला प्रहरी कार्यालय धादिङले जनचेतनामलक कार्यक्रमहरु उत्कृष्ट तथा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्दै आएको छ ।
सो कार्यहरु सिकाई आदान प्रदान गर्नका निमित्त धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मिना कुमारी यादव, शहिद नगरपालिकाका उपप्रमुख शिलादेवी कापर, उक्त नगरपालिकाका वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्यहरु, जिल्ला प्रहरी कार्यालय धनुषा र मातहत इकाईका प्रहरी कर्मचारीहरु, श्रृजनशिल नेपाल धनुषा, महिला मुक्ति नेपाल धनुषा, समग्र जनउत्थान केन्द्र धनुषाका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु लगायत लगभग ५० जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, प्रहरी नायव उपरीक्षक रुपक खड्का र सहयात्री समाज धादिङका कार्यकारी निर्देशक राधिका सापकोटाले जिल्ला प्रहरी कार्यालय धादिङमा सिकाई आदान प्रदान भ्रमण गराउनु भएको हो।